IME Life New

कानुनविपरीतका विज्ञापन सामग्री तत्काल हटाउन निर्देशन, नत्र कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विज्ञापन बोर्डले कानुनविपरीतका विज्ञापन सामग्री तत्काल हटाउन निर्देशन नदिएको छ।

विज्ञापन बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘विज्ञापन बोर्डबाट स्वीकृति प्राप्त नगरी विभिन्न सञ्चारमाध्यममार्फत श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण भइरहेको, विज्ञापन सामग्रीमा विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायतका आवश्यक विवरण उल्लेख नगरिएको, तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने उद्देश्यले प्रचलित कानुनले निषेध गरेका विषयवस्तु समावेश गरी विज्ञापन प्रसारण गरिएको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ को खण्ड (ख) र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७को नियम ५ को व्यवस्था कार्यान्वयन गर्ने क्षेत्राधिकार विज्ञापन बोर्डमा रहेको तथा सोहीबमोजिम विज्ञापन प्रसारण सामग्री परीक्षण सम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) बोर्डबाट स्वीकृत भई कार्यान्वयनमा रहेको छ।

कानुनी व्यवस्थाबमोजिम नेपालमा प्रसारण हुने श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्रीलाई नेपालभित्र प्रसारण गर्नुपूर्व विज्ञापन बोर्डबाट परीक्षण गराई विज्ञापन सामग्री प्रसारण अनुमति प्राप्त गरेपछि मात्र प्रसारण गर्न र गराउन बोर्डले आग्रह गरेको छ। हालसम्म विज्ञापन बोर्डबाट परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्री तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न एवं कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन बोर्डले निर्देशन दिएको छ।

यसका साथै कानुनी व्यवस्थाविपरीत विज्ञापन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही भई जाने बोर्डले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS