IME Life New

बढ्दो उधारो र झिनो नाफा मार्जिनले डिएचआई जोखिममा, केयर रेटिङले घटायो कर्जाको रेटिङ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । केयर रेटिङ्गस नेपालले डिजिटल होम इन्टरनेशनल प्रालि (डिएचआई नेपाल) को दीर्घकालीन ऋण सुविधा रेटिङ केयर ‘एनपी बी’ मा झारेको छ। अल्पकालीन कर्जाको रेटिङ रेटिङ साबिकको केयर ‘एनपि ए फो’ यथावत राखिएको छ।

यो रेटिङ परिवर्तनले अधिक ऋण र सीमित नाफाका कारण कम्पनीमा वित्तीय जोखिम बढेको संकेत गरेको छ।

Crest

केयरको प्रतिवेदन अनुसार, कम्पनीको गत आर्थिक वर्षमा यसको आम्दानी ५८ प्रतिशत घटेको छ। गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार, जम्मा ३७ करोड ५० लाख रूपैयाँ बराबरको कारोबार गरेको छ। अघिल्लो आर्थिक २०८०/८१ मा करिब ८९ करोड ६० लाख रूपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

कुल सञ्चालन आम्दानीमा उल्लेख्य गिरावटले गर्दा गत आव २०८१।८२ मा कर र ह्रास कट्टी अघिको मुनाफा मार्जिन १०.३१% रह्यो, अघिल्लो आवमा यो ११.२२% थियो। खुम्चिंदो व्यापारसँगै तुलनात्मक रूपमा उच्च ब्याज आ भारको कारणले यो कम्पनीले गत आवमा ८ करोड रूपैयाँ घाटा दर्ज गरेको छ। अघिल्लो आवमा पनि यो घाटामै थियो। यसको घाटा त्यो वर्ष ५ करोड ९० लाख रूपैयाँ थियो।

अहिले सेट अप बक्सको प्रयोग घट्दै जान थालेपछि यसको कुल व्यापारमा सेट अप बक्सको आम्दानीको हिस्सा खुम्चिंदै गएको हो। यो उत्पादनले गत आर्थिक वर्षमा कुल बिक्रीमा जम्मा ७० हजार रूपैयाँ बराबरको योगदान पुर्‍याएको थियो। अघिल्लो आवमा कुल बिक्रीमा यो उत्पादनले ४४ करोड ५९ लाख रुपैयाँ बराबरको योगदान थियो।

कुल ऋण र कुल नगद उपार्जनबीचको अनुपातले नकारात्मक रहेकाले ऋण तिर्ने दबाब ठूलो छ र ब्याज भुक्तानीको जोखिम पनि बढाउन सक्छ। कम्पनीको उधारो असुली औसत अवधि पनि १७२ दिनबाट ४१९ दिन पुगेको छछ।

कम्पनीका प्रवर्द्धकहरूले व्यवसाय सञ्चालन र चालू पूँजीको आवश्यकता पूर्ति गर्न नियमित थप पूँजी लगानी गरिरहेकाले अल्पकालका लागि कम्पनीलाई केही स्थिरता दिएको छ।

कम्पनीले उत्पादनमा विविधता ल्याएर व्यापार बढाउन नसके उत्पादन लागत र सञ्चालन खर्च अधिक भएर नाफाको मार्जिन नगण्य हुने जोखिम देखिएको छ। थोरै नगद आम्दानी भएको अवस्थामा, कुनै आर्थिक संकटले नगद प्रवाहमा ठूलो समस्या हुन सक्छ र ऋण तिर्न असहज हुने जोखिम छ। प्रवर्द्धकको आर्थिक सहयोगमा अधिक निर्भरताले दीर्घकालीन दिगोपनका लागि जोखिमपूर्ण निम्त्याउन सक्छ।

आइएमइ ग्रुप अन्तर्गतको यो कम्पनीले सेट अप बक्ससँग सम्बन्धित नयाँ प्रविधि अपनाउन र प्रतिस्पर्धासँग जुध्न प्रविधिमा निरन्तर लगानी गर्नुपर्ने बाध्यता छ।

कम्पनीले आम्दानी बढाउन उत्पादन र बिक्री विस्तार गर्न, सञ्चालन दक्षता सुधार गर्न, र पूँजी संरचनालाई सन्तुलनमा ल्याउनुपर्नेछ। यदि कम्पनी यी चुनौतीहरू पार गर्न सफल भयो भने, भविष्यमा रेटिङ स्थिर हुनसक्छ वा सुधारको सम्भावना पनि छ। तर, अहिलेको आर्थिक स्थिति हेर्दा जोखिम धेरै छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS