IME Life New

बीमालेखका लागि जलवायू जोखिमको मुद्दा सम्बोधन गर्नुपर्ने समयसीमा सकिंदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीले नयाँ बीमा योजना तयार गर्दा जलवायू परिवर्तनको जोखिम तत्वलाई समेत समावेश गर्नुपर्ने प्रावधान लागू हुने समय सीमा नजिकिंदै गएको छ।  बीमकले बीमा योजनाको बीमाशुल्क निर्धारणमा कसरी जलवायू जोखिमलाई सम्बोधन गरिएको छ भन्ने विषय स्पष्ट रूपमा खुलाउनुपर्ने भएको हो।

प्राधिकरणले  २०७८ माघ २ गते जारी गरेर २०७९ साउन १ गतेदेखि लागू गरेको “जलवायू जोखिम सम्बन्धी निर्देशिका, २०७८” को प्रावधान अनुसार निर्देशिका लागू भएको तीन वर्ष पुरा भएपछि बीमकले नयाँ बीमा योजनाको हकमा यस्तो गृहकार्य गर्नुपर्नेछ। आउँदो साउन महिना देखि बीमकले प्राधिकरणको पूर्व स्वीकृतिका लागि पेश गर्ने प्रत्येक बीमालेखको प्राविधिक टिप्पणी(टेक्निकल नोट) मा अनिवार्यरूपमा जलवायू जोखिम सम्बन्धि विषयलाइ समेत समावेश गरेको अवस्थामा मात्र प्राधिकरणले बीमालेख स्वीकृत गर्नेछ।

Crest

दुइ वर्ष अघि नै लागू भइसकेको यो निर्देशिकाको प्रावधान अनुसार, बीमकले जलवायू सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाई विस्तृत विवरण आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्छ। यसबाहेक विवरण कुनै कारणले प्रकाशन नगरेमा बीमकले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायू जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनुपर्ने प्रावधान समेत छ।

निर्देशिकाको प्रावधान अनुसार, बीमकले जलवायू जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकवर्गलाई सुझाव समेत दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS