IME Life New

राजावादीको प्रदर्शन उग्र बनेपछि तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।

तीनकुनेमा आज जारी राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो।

Esewa
Crest

प्रशासन आज राति १० बजेसम्मका लागि गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वरहुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरेको छ। त्यतिबेलासम्म यी क्षेत्रमा आवातजावत गर्न, भेला गर्न, जुलुस निकाल्न, प्रदर्शन गर्नलगायतका कार्य गर्न पाइने छैन।

त्यसअघि राजावादी प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गर्नुका साथै तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेका छन्। उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोडसमेत गरेका छन्।

यसैगरी प्रदर्शनकारीले तीनकुनेस्थित अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास गरेको बताइएको छ। त्यहाँ उनीहरुले ढुंगामुढा गरेका थिए।

काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा समेत आगजनी भएको छ। त्यसअघि उनीहरुले तीनकुनेस्थित एउटा घरमा आगजनी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS