काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज बिहीबार पनि कर्फ्यु आदेश जारी गरेको छ।
बाराको सिमरामा जेनजी युवाले बिहानैदेखि प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनलाई नियन्त्रण गर्न बारा प्रशासनले सिमरामा दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।
कर्फ्युको समयमा वीरगन्ज–पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउलगायतका कार्यक्रम गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ।
नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच बुधबार झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन बारा प्रशासनले बुधबार पनि सिमरामा करफ्यु जारी गरेको थियो।

















