IME Life New

संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्दै सिटिजन लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्दै क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्ने निर्णय गरेको हो। यो परिवर्तन नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम गरिने कम्पनीले स्पष्ट पारेको छ।

Esewa
Crest

हाल कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारण ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। शेयर स्वामित्व परिवर्तन गर्न कम्पनीले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्नेछ।

नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा शेयर स्वामित्व परिवर्तनको प्रस्ताव लैजाने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS