IME Life New

वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकद्वारा ‘क्रस बैंक टेलर क्युआर’ सेवाको शुभारम्भ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले विभिन्न कायृक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा स्थापना भएको सिटिजन्स बैंकले हालसम्म १८ लाख ७९ हजार ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

हाल देशभर २०० शाखामार्फत सेवा दिइरहेको बैंकको निक्षेप रकम चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब २ खर्ब २ अर्ब पुगेको छ भने कर्जातर्फ १ खर्ब ७३ अर्ब परिचालन भएको छ। सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले देशभर पहुँच विस्तार गर्दै आएको छ।

Crest

वार्षिकोत्सवको अवसरमा बैंकले आज बिहानै सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसमा करिब ९२१ कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रभातफेरी कार्यक्रमले वित्तीय साक्षरताका लागि जनचेतना फैलाउने अपेक्षा लिइएको बैंकले जनाएको छ।

त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान नै जीवनदान” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा सातवटै प्रदेशका ३३ शाखाबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

डिजिटल बैंकिङ्गमा अग्रसर सिटिजन्स बैंकले “Brick Banking to Click Banking” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालमै पहिलो पटक ‘Cross Bank Teller QR’ सेवा सुरू गरेको छ। यस सेवाबाट अब अन्य बैंकका ग्राहकहरूले पनि सिटिजन्स बैंकको नजिकको शाखामा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत ‘Cross Bank Teller QR’स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन्। यसले भुक्तानी प्रक्रियालाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।

साथै, बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि Tap & Pay सेवा पनि सञ्चालनमा ल्याएको छ। अब ग्राहकले Offline माध्यमबाट मोबाइलमार्फत नै रू ५,००० सम्मको भुक्तानी सजिलै गर्न सक्नेछन्।

वार्षिकोत्सवकै अवसरमा बैंकले ‘Save Local, Earn Global’ नारासहित ‘‘Citizens Freelancer Saving Account’ को सुरुवात गरेको छ। विशेष गरी फ्रील्यान्सरहरूलाई लक्षित गरी तयार पारिएको यो खाताबाट ग्राहकले नेपाली रुपैयाँ  तथा अमेरिकी डलर दुबैमा खाता खोल्न सक्ने छन्। यस खातामा उच्च ब्याजदर प्रदान गरिनेछ।

त्यसैगरी, खातामा निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, डिम्याट खाता सुविधा उपलब्ध गराइएको छ। साथै, पहिलो वर्षका लागि इएम् सेवामा रू ५,००० सहित रू २५,००० सम्मको स्वास्थ्य बीमा तथा दुर्घटना मृत्यु बीमा पनि प्रदान गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS