काठमाडौं । बैंक तथा वित्तीय संस्थाको बाह्य लेखापरीक्षणको ढाँचा परिमार्जन गरिएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै बाह्य लेखापरीक्षणको ढाँचा परिवर्तन गरेको हो। अब बैंकहरुले लङ फर्म अडिट रिपोर्टलाई समयसापेक्ष र प्रभावकारी बनाउन आर्थिक वर्ष २०८१।८२ देखिको बाह्य लेखापरीक्षण प्रयोजनका लागि तोकिएको नयाँ ढाँचाअनुसार तयार गर्नुपर्नेछ। यसका साथै उक्त प्रतिवेदन सोझै केन्द्रीय बैंकमा आइपुग्ने गरी पठाउने पर्ने व्यवस्था संशोधित निर्देशिनमार्फत गरिएको छ।
यसअघि लङ फर्म अडि रिपोर्टलाई समयसापेक्ष र प्रभावकारी बनाउन संलग्न ढाँचाअनुसार लागू गर्नुपर्ने व्यवस्थामात्रै रहेको थियो। बाह्य लेखापरीक्षण प्रयोजनका लागि उल्लेख गरिएको थिएन।
nrb Circular
















