IME Life New

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ। ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने आम समस्यालाई मध्यनजर गर्दै, सिजीको प्रिमियम ब्रान्ड ‘सिजी मेरिडिया’ (CG MERIDIA – Signature Series) ले अत्याधुनिक प्रविधिसहितको नयाँ ‘फ्रन्ट लोड वाशर ड्रायर’ (Front Load Washer Dryer – Model: CGMWD107DD) नेपाली बजारमा सार्वजनिक गरेको छ।

यस नयाँ वाशर ड्रायरले लुगा धुने र पूर्ण रूपमा सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने हुँदा मनसुनको समयमा यो हरेक घरका लागि उत्कृष्ट र भरपर्दो समाधान बनेको छ। १० केजी धुने (Washer) र ७ केजी सुकाउने (Dryer) उच्च क्षमता रहेको यस मेसिनमा अत्याधुनिक ‘डाइरेक्ट ड्राइभ’ (Direct Drive – DD) मोटर को प्रयोग गरिएको छ। बेल्ट र पुल्लीको प्रयोग नभएको यस DD मोटरले आवाज र कम्पन (Vibration) निकै कम गर्नुका साथै बिजुलीको समेत अधिकतम बचत गर्दछ। कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ।

Esewa
Crest

मनसुनका लागि विशेष र अत्याधुनिक सुविधाहरू:

  • स्मार्ट ड्राइङ सिस्टम (Smart Drying System): बाहिर जस्तोसुकै झरी परे पनि यस प्रविधिले लुगालाई मेसिनभित्रै पूर्ण रूपमा सुकाएर सिधै लगाउन वा पट्याएर दराजमा राख्न मिल्ने बनाउँछ।
  • उच्च कीटाणुनाशक प्रविधि (Health & Hygiene): मनसुनको ओसिलो मौसममा लुगामा ब्याक्टेरिया र ढुसीको गन्ध आउने समस्यालाई पूर्ण रूपमा हटाउन यसमा Ag+ SterilizationUV Light Sterilization जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन्। साथै, एन्टी-ब्याक्टेरिया ग्यास्केट (Anti-Bacteria Gasket) ले मेसिनको ढोकामा फंगस लाग्न दिँदैन।
  • अटो डोज (Auto Dose): मेसिनले लुगाको तौल र फोहोरको मात्रा आफैँ जाँचेर आवश्यक पर्ने डिटर्जेन्ट (Detergent) आफैँ लिन्छ, जसले गर्दा हरेक पटक साबुन हालिराख्ने झन्झट हुँदैन।
  • सुपर स्पा र जेट स्प्रे (Super Spa & Jet Spray): यसले लुगाको रेसा-रेसामा पुगेर जिद्दी दागहरू सजिलै हटाउँछ र लुगालाई नयाँ जस्तै चम्किलो राख्छ।
  • इन्टेलिजेन्ट वासिङ सिस्टम (Intelligent Washing System): यस स्मार्ट प्रविधिले लुगाको प्रकारअनुसार पानी र समयको आफैँ व्यवस्थापन गर्छ। साथै, ‘फोम सेन्सिङ एन्ड रिमुभल’ (Foam Sensing & Removal) ले आवश्यकताभन्दा बढी भएको फिँजलाई आफैँ सेन्स गरेर हटाउँछ।

सिजी ब्रान्डको मूल नारा “Experience Life with CG” ले ग्राहकहरूको जीवनस्तर उकास्ने र दैनिक कार्यहरूलाई सहज बनाउने कुरामा जोड दिन्छ। यसै नारालाई सार्थक बनाउँदै, आकर्षक ‘डार्क ग्रे’ (Dark Gray) कलर र ५२० एमएमको ठूलो ढोका (Super Size Door) सहितको यो वाशर ड्रायर बजारमा ल्याइएको हो। यसले ग्राहकहरूको समय र मेहनत दुवै बचत गरी मनसुनमा पनि स्मार्ट र झन्झटमुक्त जीवनशैलीको अनुभव प्रदान गर्नेछ।

सिजी मेरिडियाको यो नयाँ वाशर ड्रायर देशभर रहेका २१ वटा अत्याधुनिक ‘सिजी डिजिटल’ (CG Digital) शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np, www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS