काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिबमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो। यसका लागि उद्यमीहरुले कार्यविधिको दफा ४ अनुसार योग्यता पूरा गरेको हुनुपर्छ। आवेदक सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था छ।
इच्छुक उद्यमीले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्नेछ। परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार गरी अनलाइनमार्फत पेस गर्नुपर्नेछ।


















