IME Life New

बीवाईडीका ब्याट्री अब पूर्ण रुपमा रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेमा ल्यायो यस्तो कार्यक्रम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डस्ट्रीले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ। यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविक रुपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि जिम्मेवार रुपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ। बीवाईडी त्यही महत्वपूर्ण कार्यमा अग्रसर भएको छ।

Crest

सोही पहलको एक भागका रुपमा बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आइटी एसेट पार्टनर्स इंक र चीनको वुहुमा अवस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी कम्पनीसँग सम्झौता गरेको छ। सन् २०२४ मे २८ मा औपचारिक रुपमा घोषणा गरिएको सो सहकार्यले बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रुपमा रिसाइक्लिङ गर्ने कार्यलाई सुनिश्चित गर्नेछ।

ब्याट्री रिसाइक्लिङमा बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच

दुवै सेवा प्रदायक कम्पनीहरु आरटु सर्टिफाइड अर्थात रेस्पोन्सिबल रिसाइक्लर सर्टिफाइड हुन्। जसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पूरा गर्छन्।

रिसाइक्लिङ प्रक्रियाअन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ। प्रयोग भइसकेको ब्याट्रीको पुनः प्रयोगको सम्भावनाको मूल्यांकन कार्य क्यापासिटी टेस्टिङमा गरिन्छ। प्रयोगमा नआउने ब्याट्रीलाई सावधानीपूर्वक नष्ट गर्ने कार्य अर्थात सेफ डिस्म्यान्टलिङ त्यसपछि गरिन्छ। त्यसपछि लिथियम, निकेल र कोबाल्ट जस्ता महत्वपूर्ण कच्चा पदार्थ निकाल्ने कार्य मेटरियल रिकभरी अन्तर्गत पर्छ भने अन्त्यमा यसरी रिसाइकल गरिएका सामग्री अनुमति प्राप्त कम्पनीहरुलाई उपलब्ध गराउने कार्य गरिन्छ।

ब्याट्री उत्पादनदेखि रिसाइक्लिङ सम्मको सम्पूर्ण प्रक्रियामार्फत बीवाईडीले इलेक्ट्रोनिक प्रदूषण घटाउने, प्राकृतिक सम्पदा संरक्षण गर्ने र कार्बन फुटप्रिन्टलाई न्यून गर्ने कार्यमा महत्वपूर्ण कदम चालेको छ।

हरित भविष्यको नेतृत्व लिँदै

यस पहलबवारेमा बोल्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘ग्लोबल रिसाइक्लिङ डे मनाइरहदा हामीले इलेक्ट्रिक सवारी साधन उत्पादन गर्नु मात्र होइन, वास्तविक रुपमा सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपना हो भन्ने कुराको पहिचान गर्यौँ। जिम्मेवार ब्याट्री रिसाइक्लिङप्रतिको हाम्रो प्रतिबद्धताले उत्पादन देखि नष्ट गर्ने कार्यसम्मको सम्पूर्ण ईभी टेक्नोलोजी वातावरणमैत्री हुने तथ्य सुनिश्चित गरेको छ।’

नेपालमा प्रभाव

विश्वका धेरै ईभी प्रयोगकर्ता देशको रुपमा नेपाल समेत परिचित भइरहेको समयमा जिम्मेवार ब्याट्री डिस्पोजल र रिसाइक्लिङ प्रमुख प्राथमिकता हुनुपर्ने आवश्यकता छ। इलेक्ट्रिक मोबिलिटीतिर देश रुपान्तरण भइरहेको र यसको वातावरणीय प्रभाव न्यून भएको अवस्थामा नेपालको दिगो लक्ष्यसँग बीवाईडीको पहलले एकरुपता लिएको छ।

दिगो यातायात, नवीकरणीय उर्जा एकीकरण र जिम्मेवार ब्याट्री व्यवस्थापनजस्ता कार्यको प्रवर्धन गर्दै नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकमार्फत बीवाईडीले हरित भविष्यका लागि सक्रिय रुपमा कार्य गरिरहेको छ।

ग्लोबल रिसाइक्लिङ डेको यो अवसरमा बीवाईडीले अर्को महत्वपूर्ण कदम चालेको छ। जसले दिगोपना भनेको, एक भिजन मात्र नभईः ईभी इकोसिस्टमको प्रत्येक भागलाई ड्राइभ गर्ने एक प्रतिबद्धता समेत हो भन्ने तथ्यलाई सुनिश्चित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS