काठमाडौं । नेप्से परिसूचक मंगलबार २६८२.२५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ५८.६३ अंकले बढेको छ।
बजार आज २६८२.२८ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु २६३०.९७ थियो।
बजारको बन्द विन्दु र उच्च विन्दु एकै भएकोले बजार आज इन्ट्राडे हाईमा बन्द भएको छ। कारोबारको अन्तिम समयसम्म पनि खरिद पक्ष नै बलियो भएको देखिन्छ।
बजारमा आज ५ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ५२ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३० करोड ७४ लाख रुपैयाँको खरिद भएको छ भने २१ करोड ४२ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट २१ करोड ७ लाख रुपैयाँको खरिद र २१ करोड रुपैयाँको बिक्री छ।
यो दिन कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

















