काठमाडौं । बुटवल पावर कम्पनीडले थप सार्वजनिक निष्काशन (एफपीओ) को प्रक्रिया रद्ध गरेर हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्काशन प्रक्रिया रद्ध गरी हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघि प्रिमियम मूल्यमा प्रतिकित्ता १ सय रूपैयाँका दरले १ करोड कित्ता एफपीओ निष्काशन गर्नका लागि स्वीकृतिको प्रक्रियामा रहेको थियो। सो प्रक्रिया रद्ध गरी अब कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
1744000136733

















