IME Life New

स्टक ब्रोकरका लागि व्यवसाय सुदृढीकरण नीति लागू, अब ४ श्रेणीमा वर्गीकरण गरिने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (स्टक ब्रोकर)का लागि व्यवसाय सुदृढीकरण नीति लागू गरेको छ।

अर्थ मन्त्रालयबाट भदौ २९ गते जारी गरिएको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ को बुँदा नं. ३ मा ‘धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरण नीति धितोपत्र बोर्डले तत्काल सार्वजनिक गर्ने’ उल्लेख थियो। सोहीअनुरुप धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी, व्यावसायिक व्यवस्थापन, आधुनिक प्रविधि, सबल जोखिम व्यवस्थापन तथा विविधीकृत धितोपत्रसम्बन्धी सेवा प्रदान गर्न सक्षम बजार मध्यस्थकर्ताका रुपमा विकास गर्ने उद्देश्यले धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको हो।

Esewa
Crest

यस नीतिको मूल दृष्टिकोण ‘सुदृढ पुँजी, व्यावसायिक सुशासन, आधुनिक प्रविधि, प्रभावकारी जोखिम व्यवस्थापन, निष्पक्ष बजार आचरण तथा उच्चस्तरीय ग्राहक संरक्षणमा आधारित सुदृढ, संस्थागत तथा प्रतिस्पर्धी धितोपत्र दलाल व्यवसायीको विकास’ रहेको धितोपत्र बोर्डले स्पष्ट पारेको छ। नीतिअनुसार धितोपत्र दलाल व्यवसायीलाई पुँजी, जोखिम वहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा ४ श्रेणीमा वर्गीकरण गरिएको छ। श्रेणी ‘क’ मा धितोपत्र व्यापारी (स्टक डिलर), ‘ख’ मा पूर्ण सेवा धितोपत्र दलाल (फुल सर्भिस स्टक ब्रोकर), ‘ग’ मा कारोबारमुखी धितोपत्र दलाल (ट्रेडिङ स्टक ब्रोकर) र ‘घ’ मा विशिष्टीकृत धितोपत्र दलाल (स्पेसलाइज्ड स्टक ब्रोकर) रहने प्रस्ताव गरिएको छ।

नीतिले मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) तथा बजार निर्माताजस्ता गतिविधिका लागि छुट्टाछुट्टै स्वीकृति आवश्यक हुने व्यवस्था गरेको छ।

त्यस्तै ग्राहक गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष तथा ग्राहकलाई दैनिक वा वास्तविक समयको विवरण उपलब्ध गराउने, संकटग्रस्त धितोपत्र दलाल व्यवसायीको रिसलुसन फ्रेमवर्कको व्यवस्थालाई समेत नीतिमा समेटिएको छ।

नीतिले दलाल व्यवसायीको न्यूनतम चुक्तापुँजीसँगै जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने व्यवस्था गरेको छ। प्रविधि र साइबर सुरक्षातर्फ डिजिटल केवाईसी, मल्टी–फ्याक्टर अथेन्टिकेसन, अर्डर तथा जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा संरचना, नियमित आईटी अहिट र पेनिट्रेसन टेस्टिङलाई अनिवार्य बनाउने प्रस्ताव नीतिमा गरिएको छ।

यसैगरी दलाल व्यवसायमा मर्जर, प्राप्ति तथा व्यावसायिक एकीकरणलाई सहजीकरण गर्ने नीति लिइएको छ। विद्यमान दलाल व्यवसायीलाई नयाँ मापदण्डमा ल्याउन संक्रमणकालीन अवधि दिई ग्याप असिस्मेन्ट, कम्प्लाइन्स प्लान, पुँजी तथा प्रविधि स्तरोन्नति र पुनःवर्गीकरणको प्रक्रिया अघि बढाइनेछ।

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति तीन चरणः संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार र एकीकृत धितोपत्र मध्यस्थता प्रणालीको विकास अनुसार क्रमशः कार्यान्वयन गरिने धितोपत्र बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS