IME Life New

ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ भदौ १९ र २० गते आयोजना हुँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी हुने ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ यही भदौ १९ र २० गते आयोजना हुने भएको छ । सो आयोजना ललितपुरको द प्लाजामा हुने जनाइएको छ ।

ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो पटक आयोजना गरिएको थियो । जसमा विश्वविख्यात क्रियटिभ डाइरेक्टर र ब्राण्ड स्टाटेजिष्टहरुको उपस्थिति रहेको थियो । यस संस्करणमा पनि अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा लामो समय काम गरी आफुलाई स्थापित गरेका ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुको उपस्थिति रहने छ ।

Crest

कार्यक्रममा मुख्य वक्ताका रुपमा दिल्लीका नरेश गुप्ता, मुम्बईका राजेश केभि, दुबईबाट सारा फोब्र्स, श्रीलंकाबाट सोहन धर्मराजा, सिंगापुरबाट स्टेफन सेवार्ज र बंगलादेशबाट तफिक मुमद लगायतले मार्केटिङ्गको पछिल्लो ट्रेण्ड र स्टाटेजी सँगसँगै केस स्टडीद्धारा सहभागिहरुको क्षमता विकास गर्नेछन् ।

नेपाल विज्ञापन बोर्डको समेत सहकार्य रहेको यस कार्यक्रममा नेपालको विभिन्न ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुसँगको अन्र्तक्रिया समेत समावेश हुनेछ । २ दिन सम्म चल्ने कार्यक्रममा विभिन्न ८ विषयगत सेसनहरु संचालन हुनेछन् । जसमा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा विश्वमा कहाँ के भईरहेको छ ? अहिलको ट्रेण्ड के छ? डिजिटल मिडिया र एआई सम्मको आजको युगमा अबको मार्केटिङ्ग बजार कस्तो छ ? अवसर कस्ता छन् र चुनौतीहरु के छन् भन्ने जस्ता विषयहरुमा छलफल र मन्थन हुनेछ ।

ब्राण्ड र मार्केटिङ्ग क्षेत्रका दिग्गज देखि यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई एकैठाउँमा राखेर उनिहरुको अनुभव सुन्दा यसले नेपाली मार्केटिङ्ग क्षेत्रलाई पक्कै योगदान दिने आयोजकले विश्वास लिएको छ । विभिन्न अनौपचारिक कार्यक्रमहरु पनि समावेश गरिएकोले गेष्ट र सहभागीहरु बिच खुलेर छलफल हुने र भोलिका दिनमा एक आपसमा सम्बन्ध स्थापित गरी ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा नयाँ सम्भावनाहरुको ढोका खुल्न सक्ने अवसरको रुपमा लिइएकोले आयोजकले यस क्षेत्रमा आवद्ध रहेका सबैलाई जोडिन आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुनका लागि रजिष्ट्रेसन खुल्ला भईसकेको छ । जसका लागि http://brandsandbeyond.brandguff.com मा गई रजिष्ट्रेसन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS