काठमाडौं । काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको सभा सम्मेलन तथा प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रुपमा विकास गरिनेछ । आज आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउनका लागि नदी संरक्षण र अन्य पर्यावरणीय सुधारका कार्यहरु गरिने जनाइएको छ ।

















