काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टको आइपीओ आज बाँडफाँड सम्पन्न भउको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान आइपओि बाँडफाँड भएको हो।
कम्पनीले निष्काशन गरेको आइपीओमा २३ लाख ५१ हजार ५६० जनाले २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ५ हजार २३३ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।
आइपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आइपीओ बाँडफाँड गरिएको छ। जस अनुसार ८६ हजार ३२० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
गत भदौ २२ गतेदेखि २६ गतेसम्म ८ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।












