IME Life New

यती एयरलाइन्सलाई जहाज बेचेको बंगलादेशको नोभो एयर बन्दको संघारमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निजी वायुसेवा कम्पनी नोभोएयरले आफ्नो बेडामा बाँकि रहेका पाँचवटा एटीआर विमान बेच्ने प्रकृया शुरू गरेसँगै मे महिनादेखि सेवा बन्द गर्ने संभावना औंल्याइएको छ।

नोभोएयरका प्रबन्ध निर्देशक मोहम्मद मोफिजुर रहमानलाई उद्घृत गर्दै द डेली स्टारले उल्लेख गरेको छ, विमान बिक्री गर्ने प्रकृया अप्रिल महिनाभित्रै पुरा हुने संभावना छ।

Crest

२०१८-१०१९ आर्थिक वर्ष बाहेक, एयरलाइन्सले हरेक वर्ष घाटा बेहोर्दै आएको नोभो एयरले आफ्ना दुईवटा विमान २०८० माघमा नेपालको निजी क्षेत्रको वायू सेवा प्रदायक यती एयरलाइन्सलाई बिक्री गरेको थियो। नोभो एयरले पाँचवटा एटिआर ५००एस विमान बिक्रीका लागि बेलायती दलाल कम्पनी, एयरस्ट्रिम इन्टरनेशनल ग्रुपलाई मध्यस्थकर्ता नियुक्त गरेको हो ।

एटीआर विमान बिक्री शुरू गरेसँगै नयाँ विमान भित्र्याएर प्रबन्ध निर्देशक रहमानले अन्तर्राष्ट्रिय उडान सेवा शुरू गर्ने दाबी गर्दै आएका थिए । यद्दपी उनको वित्तीय अवस्थाबारे जानकारहरूले नयाँ साझेदार वा थप लगानी नभित्र्याउँदासम्म नोभो एयरको पुनरूत्थान संभव नभएको प्रतिकृया दिएका थिए । रहमानले केही समयको विश्रामपछि लगानीकर्ता भित्र्याएर सेवालाई निरन्तरता दिने दाबी गरेपनि वायू सेवा क्षेत्रबाट सम्मानजनक बहिर्गमनका लागि उनले तीन महिना उडान सेवा बन्द गर्न लागिएको प्रतिकृया दिएका हुन् भन्ने वायूसेवा क्षेत्रका जानकारहरूको टिप्पणी छ।

नोभो एयरको अध्यक्ष समेत रहेका रहमानले चाँडै नै नयाँ लगानीकर्तालाई ल्याउने आशा व्यक्त गर्दै छलफल अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। “यदि हामीले नयाँ लगानीकर्ता पायौं भने, हामी हाम्रो विमान बेच्ने छैनौं। हाम्रा उडानहरू बन्द हुनेछैनन्। अन्यथा, हामीले तीन महिनाको लागि उडान सञ्चालन बन्द गर्नुपर्नेछ।”

पछिल्लो समयमा बंगलादेशमा राजनीतिक अस्थिरता, बढ्दो व्यापार घाटा, बढ्दो मुद्रास्फितिका कारण घरेलु वायू सेवा कम्पनीको व्यापार खुम्चिंदै गएको छ। यसबाहेक पदमा नदीमा निर्मित विशाल पुलले यात्रा अवधि उल्लेख्यरूपमा कटाैती गरेकाले पनि आन्तरिक उडानमा यात्रुको चाप घटेको छ।

जनवरी ९, २०१३ मा स्थापना भएदेखि, नोभोएयरले विमान अधिग्रहणमा ५ करोड भन्दा बढी अमेरिकी डलर र पूर्वाधार र उपकरणहरूमा थप १० करोड अमेरिकी डलर लगानी गरेको छ।

नोभोएयरले पछिल्लो समयमा ढाकालाई चट्टोग्राम, कोक्स बजार, सिल्हेट, जशोर, सैदपुर र राजशाहीसँग जोड्ने दैनिक घरेलु उडानहरू सेवा सञ्चालन गर्दै आएको छ। यात्रुहरूको अभावका कारण गत वर्ष सेप्टेम्बरदेखि यसको एकमात्र अन्तर्राष्ट्रिय मार्ग कोलकातामा उडानहरू बन्द गरिएको थियो।

द डेली स्टारका अनुसार, विगत २५ वर्षमा कम्तिमा आठ निजी एयरलाइन्सहरू आफ्नो सञ्चालन बन्द गर्न बाध्य भएका थिए। बंगलादेशको नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार, सञ्चालन बन्द गर्ने पछिल्लो निजी एयरलाइन्स रिजेन्ट एयरवेजले २८३ करोड रुपैयाँ, युनाइटेड एयरवेजले ३५५ करोड रुपैयाँ र जीएमजी एयरलाइन्सले ३६८ करोड रुपैयाँ विमानस्थलको अतिरिक्त शुल्क तिर्न बाँकी छ।

बंगलादेशको उड्डयन उद्योग नियामकीय कमजोरी, महँगो शुल्क, उच्च जेट इन्धन मूल्य, राज्य वाहक विमान बंगलादेश एयरलाइन्सको अनुचित संरक्षणका कारण बढ्न नसकेको बंगलादेश मनिटरका सम्पादक काजी वाहिदुल आलमको प्रतिकृया छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS