IME Life New

विद्यालयमा सचेतना कार्यक्रम पुग्न सकेन, प्राधिकरणले बीमकसँग माग्यो विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई विद्यालयस्तरमा बीमा जागरण कार्यक्रम सञ्चालन गर्न दिएको निर्देशन कार्यान्वयन नभएपछि बीमकसँग जानकारी मागेको छ।

प्राधिकरणले जीवन बीमकलाई तीन दिनभित्र त्रैमासिक विवरण कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।

Esewa
Crest

गत भदाै १७ गते ४ बुँदे निर्देशन जारी गर्दै प्राधिकरणले सबै जीवन बीमकलाई संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रत्येक पालिकाको कम्तीमा १ वटा विद्यालयमा कार्यक्रममा बीमा सम्बन्धि चेतनामूलक तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो।

४ बुँदे निर्देशनको पहिलो बुँदामा प्रत्येक महिनामा प्रत्येक जिल्लामा कम्तीमा एउटा कार्यक्रम गर्ने, दोश्रोमा प्रत्येक पालिकाको कम्तीमा १ विद्यालयमा कार्यक्रम गर्ने, तेश्रोमा बीमा सम्बन्धि व्यवहारिक ज्ञान झल्काउन ९ देखि १० कक्षाका विद्यार्थी लक्षित गरी  बीमा सचेतना सम्बन्धी कार्यक्रम गर्ने र चाैथो निर्देशनमा त्रैमासिकरूपमा बीमा सचेतना कार्यक्रम सम्बन्धि प्रतिवेदन पेश गर्ने भनिएको थियो।

केही बीमकले विद्यालयमा कार्यक्रम गरेका छैनन्। अधिकांश बीमकले त्रैमासिक प्रतिवेदन समेत पेश गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS