काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि जेठ ५ गतेबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्ने भएको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजत दिने व्यवस्था बमोजिम जीवन बीमा अभिकर्ताको जेठ ५ गते सोमबारबाट हुने अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले जेठ ५ गतेबाट जेठ ९ गतेसम्म परीक्षा संचालन गर्न लागेको बताएको छ । उक्त तालिम जेठ ५ गते सोमबार विहान ११ बजेबाट १२ः३० बजेसम्म, जेठ ६ गते दिउँसो ३ बजेबाट ४ः३० बजेसम्म, जेठ ७ गते विहान ११ बजेबाट १२ः३० बजेसम्म, जेठ ८ र ९ गते विहान ११ बजेबाट १२ः३० बजेसम्म संचालन गर्ने जनाइएको छ ।


















