IME Life New

अस्ट्रेलियाली बीमा कम्पनीहरुले खडेरीबाट २९ अर्ब डलरसम्मको जोखिम सामना गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाली बीमा कम्पनीहरुले खडेरीबाट २९ अर्ब डलरसम्मको जोखिम सामना गर्न सक्ने अनुमान गरिएको छ। कृषि फिनटेक र भूस्थानिक डाटा कम्पनी डिजिटल कृषि सेवा (डीएएस)ले यस्तो अनुमान गरेको हो।

डीएएसले अक्टोबरको प्रतिवेदनमा चेतावनी दिएको छ कि सन् २०२६ र २०२७ को बीचमा अस्ट्रेलियामा अचानक खडेरीको एक सिजनले १२ अर्ब डलरसम्मको आर्थिक नोक्सान निम्त्याउन सक्छ। जब कि बहुवर्षीय खडेरीले २९ अर्ब डलरसम्मको नोक्सान निम्त्याउन सक्छ।

Esewa
Crest

डीएएसका अनुसार अचानक खडेरीले केही हप्तादेखि केही महिनाभित्र माटोको ओसिलोपन घटाउँछ। ‘यो तीव्र गर्मी र कम आद्र्रता, वर्षाको अभावको कारणले हुन्छ’, डीएएसले भनेको छ, ‘यो सामान्य खडेरीभन्दा फरक छ, जुन धेरै मौसम वा वर्षहरुमा विस्तारै विकसित हुन्छ।’

डीएएसका अनुसार बीमा कम्पनीहरुले खडेरीसँग सम्बन्धित तीन जोखिम सामना गर्छन्ः दृश्यता (जहाँ आज खडेरी छ), सञ्चय (जहाँ पोर्टफोलियोमा खडेरी बढिरहेको छ) र प्रक्षेपण (सन् २०३० र २०५० सम्ममा यो कसरी परिवर्तन हुनेछ)।

‘दाबी प्रत्यक्ष रुपमा खडेरीसँग सम्बन्धित नहुन सक्छ तर खडेरीले दाबीका लागि चरण तय गर्छ। यो आफैँमा एक जोखिम हो र त्यसपछिका जोखिमहरुलाई पनि गुणा गर्छ’, डीएएसकी सहसंस्थापक सारा गोर्मनले भनिन्।

उदाहरणका लागि अस्ट्रेलियामा, गम्भीर खडेरीपछि प्रायः बन डढेलो लाग्छ। जसले बीमा कम्पनीहरुलाई अर्बौं घाटा पुर्याउन सक्छ। डीएएसले उल्लेख गरेको छ कि ‘ब्ल्याक समर’ डढेलो यसको उदाहरण हो। अस्ट्रेलियाको बीमा इतिहासमा सबैभन्दा ठूलो डढेलोेको क्षतिमा बीमा कम्पनीहरुले १.८७ अर्ब डलर गुमाए।

डीएएसका अनुसार बीमा कम्पनीहरुले बाढी, आगलागी, डढेलो, आँधीबेहरी र चक्रवातका साथ खडेरीको मूल्यांकन गर्नुपर्छ। ‘जब बीमा कम्पनीहरुले उच्च जोखिम भएका सम्पत्ति र सुरक्षित छिमेकी सम्पत्तिबीच भेद गर्न सक्दैनन् तब तिनीहरुले सामान्यतया सम्पूर्ण पोस्टकोडहरुका लागि मूल्यहरु परिवर्तन गर्छन् वा क्षेत्रबाट पूर्ण रुपमा फिर्ता लिन्छन्’, प्रतिवेदनमा भनिएको छ, ‘एउटा फार्म र अर्को फार्मबीच भेद गर्न सक्ने बीमा कम्पनीहरु बजारमा बाँच्न सक्छन्। जुन उनीहरुका प्रतिस्पर्धीहरुले त्याग्न सक्छन्। ग्रामीण क्षेत्रमा सञ्चालन हुने बीमा कम्पनीहरुका लागि खडेरी अब केवल कृषि मुद्दामात्र रहेन। यो एक पोर्टफोलियो जोखिम बनेको छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS