काठमाडौं । अस्ूट्रेलियाले फ्लाईदुबईको उडानका सहपाइलटको देश सम्बन्धको अनुसन्धान गरिरहेको छ। जसले इजरायलको तेल अभिभ जाने विमानको नियन्त्रण लिन खोजेको थियो।
दुबईबाट तेल अभिभको उडानको क्रममा सहपाइलटले उडानका कप्तानमाथि छुराले आक्रमण गरेको आरोप लगाइएको छ। पछि यात्रुले उनलाई नियन्त्रणमा लिए र विमानलाई सुरक्षित रुपमा नियन्त्रणमा लिन सफल भए।
अस्ट्रेलियाली अधिकारीहरुले सहपाइलटको पहिचान खुलाएका छैनन्। यद्यपि, रोयटर्स, सीएनएन र द न्यु योर्क टाइम्सलगायत धेरै मिडिया आउटलेटले उनलाई हमाम अल–हमामीका रुपमा पहिचान गरेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) का एक अभियोजकले घटना र यसको पछाडिको सम्भावित उद्देश्यको अनुसन्धान गरिरहेको बताएका छन्। बीबीसीलाई दिएको एक विज्ञप्तिमा अस्ट्रेलियाली संघीय प्रहरी(एएफपी)ले ‘यस व्यक्तिको अस्ट्रेलियाली सम्बन्ध’मा अनुसन्धानको पुष्टि गरेको छ।
एएफपीले अनुसन्धानमा राज्य प्रहरी र देशको सुरक्षा एजेन्सी पनि संलग्न रहेको बताएको छ। यसले ‘समयमै’ अद्यावधिक प्रदान गरिने जनाएएको छ। यस विषयसँग परिचित स्रोतहरुले अष्ट्रेलियाली मिडियालाई बताएअनुसार सहपाइलटलाई सन् २०१४ मा विद्यार्थी भिसा जारी गरिएको थियो र उनले सन् २०१५ देखि २०१७ सम्म अस्ट्रेलियामा अध्ययन गरेका थिए। त्यसपछि उनले देश छोडे।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले रिपोर्ट गरेको छ कि सहपाइलटको विद्यार्थी भिसा सन् २०१९ मा रद्द गरिएको थियो। किनकि उनले कुनै पनि पाठ्यक्रममा भर्ना भएका थिएनन् र भिसाका लागि योग्य थिएनन्। –एजेन्सी












