IME Life New

सूर्यकुण्ड हाइड्रोको आइपीओमा आजबाट आवेदन दिन सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओमा आज पुस ९ गतेदेखि आवेदन दिन सकिनेछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ। त्यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ। सो आइपीओमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडावासीले आवेदन दिन सक्नेछन्।

Esewa
Crest

यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता शेयरमा वैदेशिक रोजगारमा नेपालीले आवेदन दिन सक्नेछन्।

दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बैंकिङ समयपछि हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आइपीओको निष्कासन बन्द भने छिटोमा पुस १४ गते र ढिलोमा पुस २३ गते बैंकिङ समयपछि हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्।

स्थानीयले भने ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, थापाथलीस्थित ट्रेडटावरमा रहेको कम्पनीको रजिस्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

सूर्यकुण्ड हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS