IME Life New

ह्वाट्सएपमा आउँदैछ गज्जबको फिचर, अब एआईले लेख्नेछ प्रयोगकर्ताका लागि म्यासेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म हो। अब प्रयोगकर्ताले यस प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा पाउँछन्। मेटा एआईको सुविधा यस प्लेटफर्ममा उपलब्ध छ। अन्य एआई सुविधा पनि चाँडै ह्वाट्सएपमा आउँदैछन्।

इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्मले एआई सञ्चालित रि–राइट सुविधामा काम गरिरहेको छ। रि–राइट फिचरको मद्दतले प्रयोगकर्ताले आफ्ना म्यासेज विभिन्न शैलीहरुमा लेख्न सक्छन्। यो सुविधाले प्रयोगकर्ताका म्यासेज पनि प्रुफरिड गर्न सक्नेछ। यसबाहेक यो प्लेटफर्मले मेटा एआईका लागि दुईतर्फी लाइभ भ्वाइस च्याट फिचरमा काम गरिरहेको छ।

Esewa
Crest

एन्ड्रोइड अथोरिटीको रिपोर्टका अनुसार मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले टेक्स्ट रि–राइटिङ फिचरमा काम गरिरहेको छ। जुन एआईमा आधारित हुनेछ। यस सुविधाका बारेमा जानकारी एन्ड्रोइड एप प्याकेज अर्थात् एपीकेबाट उपलब्ध हुनेछ। यो सुविधा एन्ड्रोइड भर्जन २.२५.८.५ मा स्पट गरिएको छ। तर, यो सुविधा देखिँदैन। जसका कारण कसैले पनि प्रयोग गर्न सक्दैनन्। एआई रि–राइट फिचर फ्लोटिङ एक्सन बटनका रुपमा उपलब्ध हुनेछ। यो बटन पेन्सिल आइकनका रुपमा हुनेछ, जुन पठाउने बटनको माथि देखा पर्नेछ। यो बटन प्रयोगकर्ताले केही टाइप गर्दामात्र देखा पर्नेछ।

केही शब्दहरु टाइप गरेपछि प्रयोगकर्ताले यो पेन्सिल आइकनमा ट्याप गर्नुपर्नेछ। यहाँ ट्याप गरेर प्रयोगकर्ताले टेक्स्ट एडिटरमा जान सक्नेछन्। यसको मद्दतले प्रयोगकर्ताले विभिन्न टेक्स्ट रि–राइटिङ अप्सनको सुविधा प्राप्त गर्नेछन्। यसको मद्दतले, प्रयोगकर्ताले आफ्ना म्यासेज फनी, रिफ्रेज, सपोर्टी र अन्य तरिकामा परिवर्तन गर्न सक्छन्। तर, ह्वाट्सएपको यो फिचर कहिले लन्च हुने भन्नेबारे कुनै जानकारी छैन।

हाल प्रयोगकर्ताले यस प्लेटफर्ममा मेटा एआई फिचर पाउँछन्। यो प्रयोग गरेर प्रयोगले धेरै प्रश्नको उत्तर जान्न सक्छन्। यो एआई बोटले प्रयोगकर्ताका लागि फोटोहरु क्रिएट गर्न सक्छ। कम्पनीले यसलाई थप सुधार गर्ने काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS