IME Life New

मनकामना दरौंदी हाइड्रोपावरको साधारण सभा असार १३ गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना दरौंदी हाइड्रोपावर कम्पनीले आफ्नो सातौं वार्षिक साधारण सभा असार १३ गते गर्ने भएको छ । सभा विहान ११ः३० बजे होटल हार्दिक बागबजार काठमाडौंमा गर्ने जनाएको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट कार्यकारी अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१ /८२ को वासलात, नाफा, नोक्सान, हिसाब तथगा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०८२ /८३ का लागि लेखापरीक्षक नियुक्ती गरी नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावलीको नियम २९ बमोजिम स्वतन्त्र संचालक नियुक्ती सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार एक जना संचालकलाई कम्पनीको पूर्णकालिन समय काममा लगाए वापत पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको नियमावलीको नियम २७ र ३१ मा कम्पनी ऐन २०६३ अनुकुल हुने गरी संशोधन गर्नेछ । कम्पनीको प्रवरद्धनमा निर्माण हुने आयोजनाको वित्तीय व्यवस्थापनको लागि बैंकबाट दिर्घकालिन ऋण लिई वित्तीय व्यवस्थापन गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदा गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS