काठमाडौं । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आउँदो जेठ ९ गतेदेखि ५ः१ अर्थात २० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।
कम्पनीका शेयरधनीहरुले आउँदो असार १२ गतेसम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यो हकप्रद शेयर कम्पनीको छैटौँ वार्षिक साधारणसभाबाट आफ्ना संस्थापक शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।
इच्छुक संस्थापक शेयरधनीहरुले हकप्रद शेयर खरिदका लागि कम्पनीको काठमाडौंको नयाँसडकस्थित सानिमा बैंकमा रहेको खाता नं. ००३०१००१००००८५५ मा रकम जम्मा गर्नुपर्नेछ।

















