काठमाडौं । निप्स पोखरा च्याप्टरको आयोजनामा बीमा सचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरास्थित बीमा कम्पनीहरुको शाखा प्रमुखहरुको उपस्थितिमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतिथ्यमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
निप्स पोखरा च्याप्टर अध्यक्ष कविराज पौडेलको संयोजकत्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले बीमाको वर्तमान अवस्थाको बारेमा चर्चा गर्दै बीमा क्षेत्रमा आईपर्ने चुनौतिको बारेमा र कोरोना बीमाको बारेमा स्पष्ट पारेका थियो ।
कार्यक्रमका सहभागीहरुले नेपाली बीमा व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन नयमनकारी निकायलाई सक्रिय रुपमा अगाडी बढाउनुपर्ने सुझाव प्रस्तुत गरेका छन् ।
कार्यक्रमको सञ्चालन (निप्स पोखरा च्याप्टर)का सचिव तथा एनएलजी इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख तेज प्रसाद अधिकारीले गरेका थिए ।