काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेप्से ४६ दशमलव ४३ अंकले बढेर २०१० दशमलव ४५ को विन्दुमा कायम भएको छ।ट्रेडिङ, होटल हाइड्रोपावर बाहेक अन्य उपसूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ३ सय वटा कम्पनीको ९० लाख ५० हजार १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफको ६७ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको ३५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
महुली लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले बढेको छ भने साधना लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।
अपर तामाकोशीको शेयर ४ दशमलव ८४ प्रतिशतले घटेको छ भने आँखु खोलाका लगानीकर्ताले ३ दशमलव ५५ प्रतिशतले घटेको छ।