काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लगानीयोग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्न लागेको जनाएको छ ।
ईच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर कोटेशन सम्बन्धी फारम भरेर गोप्य शिलबन्दी गरी मंसिर १५ गतेसम्म कार्यालय समयभित्र बुझाउन कम्पनीले एक सुचना जारी गर्दै आग्रह गरेको छ ।