IME Life New

४ महिना अगाडि बीमा गरेका चापागाईको परिवारले पाए ५२ लाख ५० हजार बीमा दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । ४ महिना अगाडिमात्र  युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा  ५० लाख रुपैयाँको जीवन बीमा गरेका स्पाइरल ग्यालेक्सी पोखराका प्राचार्य नारायण शर्मा चापागाईंको केही समय पछि मृत्यु भयो ।

बीमा कम्पनीले आज मृतक नारायणकी  श्रीमती सारदा अधिकारीलाई  सोही बीमा बापतको ५२ लाख ५० हजार रुपैयाँ रकम  भुक्तानी गरेको  कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यले जानकारी दिए ।

Esewa
Crest

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी सहित पोखरा–१६ का वडा अध्यक्ष जीवन आचार्य, युनियन लाइफका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला, लामाचौर शाखा प्रमुख सूर्य चापाईंसहितको टोलीले उक्त दाबी रकम को चेक हस्तान्तरण गरेको हो ।

बीमा दाबी भुक्तानी कार्यक्रमको अवसरमा बोल्दै मेयर जिसीले जीवन बिमा गर्नु बचत र सुरक्षा दुवै दृष्टिले महत्वपूर्ण हुने धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS