काठमाडौं । सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते हुने भएको छ ।सानिमा क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा साधारण सभा हुने भएको छ । उक्त सभा अपरान्ह २ बजे हुने भएको छ । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सिद्धार्थ क्यापिटलले केन्दि«य कार्यालय नक्सालमा सभा बोलाएको छ । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।