काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।उक्त इन्स्योरेन्सको एक करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । मंगलवार उक्त सानिमा जनरल इन्स्योरेन्स र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच शेयर सूचीकरण सम्झौता सम्पन्न भएसँगै उक्त कम्पनीको शेयर कारोबार दोश्रो बजारमा बुधवारबाट हुने भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको न्यूनतम १ सय ३ दशमलव ७३ देखि अधिकतम ३ सय ११ दशमलव १९ तोकेको छ ।
कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ भने कम्पनीको शेयर कारोबार गर्न एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।