काठमाडौं । प्रुडेन्सियलइन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।कम्पनीको २० लाख ५२ हजार ८ सय ६४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो । कम्पनीको कात्तिक २ गतेको निर्णय अनुसार उक्त शेयर सर्वसाधारण समुहमा अभिलेख गरी कारोबार योग्य भएको कम्पनीले जनाएको हो ।
अव कम्पनीकोे शेयर संरचना संस्थापक समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण समुहतर्फ ४० प्रतिशत हुने भएको छ ।