IME Life New

भाद्र महिनामा निर्जिवन बीमाको व्यवसाय २८% घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कोभिड–१९ कोरोना भाइरस नियन्त्रण गर्न भदौ महिनामा लगाइएको निषेधाज्ञाका कारण निर्जिवन बीमा व्यवसाय घटेको छ ।

चालु आवको साउन महिनाको तुलनामा भदौमा निर्जिवन बीमाको व्यवसाय २८ दशमलव ७७ प्रतिशतले घटेको देखिएको छ । कोरोना संक्रमण बढसँगैे नियन्त्रण गर्न चैत ११ गतेबाट लगाइएको निषेधाज्ञा खुकुलो भएपश्चात् गत असार र साउनमा महिनामा निर्जिवन बीमाको व्यवसायमा केहि सुधार देखिएको थियो ।

Esewa
Crest

दुई महिनामा निर्जीवन बीमाको व्यवसायमा केहि सुधार देखिए पनि भदौ महिनाको तथ्याङ्क हेर्दा निर्जीवन बीमाशुल्क आर्जन झण्डै ३० प्रतिशतले घटेको देखिएको छ ।साउन महिनाको तुलनामा भदौमा अधिकांश बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन घटेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले साउन महिनामा दुई अर्ब ९२ करोड रुपैयाँ संकलन गरेको थियो भने भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले दुई अर्ब ८८ करोड रुपैयाँ संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिमा पाँच अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार साउन महिनाको तुलनामा भदौं महिनाको जीवन बीमा शुल्क आर्जन १८ निर्जीवन बीमा कम्पनीको कम्पनीको घटेको छ । साउन महिनाको तुलनामा प्रभु इन्स्योरेन्सको बीमाशुल्क आर्जन ९ दशमलव १ प्रतिशतले घटेको छ भने शिखर इन्स्योरेन्स कम्पनीले अघिल्लो महिनाकै २९ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको थियो । भदौ महिनामा पनि कम्पनीले सोहि बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार साउन महिनामा सबैभन्दा धेरै कारोबार गर्ने सगरमाथा इन्स्योरेन्सको अघिल्लो महिनाको तुलनामा बीमाशुल्क आर्जन ४० प्रतिशतले घटेर १८ करोड रुपैयाँमा सीमित भएको छ । साउन महिनामा कम्पनीले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन २२ दशमलव ७ प्रतिशतले घटेर २२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन २१ दशमलव ७ प्रतिशत घटेर १७ करोड रुपैयाँमा सिमित भएको छ । कम्पनीले साउन महिनामा २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

अजोड इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन १८ दशमलव २ प्रतिशतले घटेर ९ करोड रुपैयाँमा सिमित भएको छ । कम्पनीले साउन महिनामा ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन २८ दशमलव ६ प्रतिशतले घटेर ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन २५ प्रतिशतले घटेर ४ करोड रुपैयाँको कारोबार भएको छ ।

Source: Beema Samiti

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS