काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम एक वर्ष वा दुई वर्षका लागि वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर असोज २७ गते कार्यालय समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन पुनर्बीमा कम्पनीले आग्रह गरेको छ।