IME Life New

जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गते देखि निष्काशन तथा विक्री खुला गरेको ३० लाख कित्ता साधारण शेयर आईपीओमा आवेदन दिने आज अनितम दिन रेहेको छ । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आइओ निष्काशन गरेको थियो ।

उक्त ३० लाख कित्ता मध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई, ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ हुनेछ । सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

Crest

कम्पनीको अनुसार हिजो साँझसम्म कूल ६ लाख ८१ हजार ३ सय ७३ जनाले आवेदन दिएका छन् । हालसम्म कूल १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ६१ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेको छ । सो संख्या माग भन्दा ७ गुणा बढि आवेदन हो ।

कूल दुई लाख ७३ हजार जनाले १० कित्ताको दरले पाउने आईपिओमा झण्डै पाँच लाख मानिसको हात खाली हुने देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS