IME Life New

एनआरएन लघुवित्तको साधारणसभा असोज १८ गते, एफपिओ जारी गर्ने प्रस्ताव पेश हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।एनआरएन लघुवित्तले असोज १८ गते विशेष साधारण सभा डाकेको छ ।लघुवित्तको उक्त सभा होटल दिनेश कैलालीमा बिहान ११ बजे सुरु हुने भएको छ ।सभामा एफपीओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल हुने भएको छ ।

साथै लघुवित्तको नाम परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।केन्द्रीय कार्यालय बूढानिलकण्ठ नगरपालिका काठमाडौंमा स्थापना गर्ने प्रस्ताव अनुमोदन गरिने कार्यक्रम समेत रहेको छ ।त्यस्तै, संचालक समितिमा संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत छ ।

Crest

एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो। यसअघि लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS