IME Life New

७० बर्षको लामो इतिहाश, तर किन हुन सकेन नेपालमा बिमाको व्यवसायीक बिकाश के भन्छन बिज्ञहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, चैत्र २। नेपालमा बीमा व्यवसायले ७० बर्षपार गर्दा पनि नेपाली बिमा बजार परिपक्क बन्न सकेको छैन । वि.सं. २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनीको नाममा सुरु भएको नेपाल इन्स्योरेन्स कम्पनीको स्थापनासँगै बीमाको काम नेपालमा सुरु भएको हो ।

नेपाल बैंकको स्वामित्वमा स्थापना भएको सो संस्थाले सेवा सुरु गरेको लामो समयपछि अर्थात् २०२४ सालमा अर्को सरकारी संस्था राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो । त्यसको लामो समयपछि मात्र नेपालमा प्राइभेट कम्पनीहरु खुल्न थालेका हुन् । २०४४ सालमा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड नै निजी क्षेत्रबाट स्थापना भएको पहिलो बीमा कम्पनी हो ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकको सक्रियतामा २००४ साल देखि सुरु भएको बीमा व्यवसायले आज सम्म आउदाँ १० प्रतिशत नागरिकलाई मात्र बीमाको पहुँचमा ल्याउन सफल भएको छ । दुई बर्ष अघि ८ प्रतिशतले जिवन बीमा गरेको तथ्याङ्कमा अहिले करिब १० प्रतिशतसम्म बिकास भएको बीमा समितिले जनाएको छ ।

सामान्य ढड्डा प्रणालीबाट सुरु भएको बैङ्किङ सेवाले प्राविधिकि रुपमा नै अप्रत्यासित फड्को मारेको छ । तर,बीमालेआफ्नो सेवालाई बिकसित शहर र धनाढ्य व्यक्तिहरुको परिधी भन्दा बाहिरपुर्‍याउन नसकेको विज्ञहरुको भनाई छ ।

रिशिकेश पोखरेल, एलआइसीनेपालका बरिष्ठ बीमा अभिकर्ता

नेपालमा बीमा सम्बन्धी ज्ञानर साक्षारताको अभावका कारण बीमा व्यवासयले बजार पाउन नसकेको एलआइसीनेपालका बरिष्ठ बीमा अभिकर्ता रिशिकेश पोखरेलले बताउनुभयो ।

२०७२ सालको बिनासकारी भुकम्प र गत साउनको बाढीका कारण आम मानिसमा बीमा सम्बन्धी चेतनाको बृद्धि र बीमा गर्ने बानीको बिकास भइसकेकाले अब बीमाले चाडैँ नै व्यवसायीक फड्को मार्ने उहाँको भनाई छ । भुकम्प र बाढी पिडित मध्येका बिमितहरुले आफनो बीमा रकम अनुसार क्षतिपुर्ति पाए पछि अन्य व्यक्तिहरुमा पनि बीमा सम्बन्धी चेतना बृद्धि भएको उहाँको भनाई थियो ।

 

 

चिरन्जीवी चापागाई, बीमा समितिका अध्यक्ष

नेपालमा व्यवसायीक बीमा अभिकर्ताको अभावका कारण बीमा सेवाले विस्तार लिन नसकेको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाइले बताउनुभयो । समितिबाट अनुमति पत्र लिने अभिकर्ताको संख्या लाखौँ भएपनि फिल्डमा काम गर्नेको संख्या न्यून रहको छ ।

अध्यक्ष चापागाईले अभिकर्ताहरुको मुख्य पेशा अरु कुनै क्षेत्रमा हुने र पार्ट टाइमको रुपमा मात्र यस क्षेत्रलाई लिदा बीमाको पहुँच बृद्धिमा आवश्यक मात्रमा अभ्यास नपुगेको बताउनुभयो । अभिकर्ताले फिल्डमा सम्बन्धीत व्यक्तिलाई बीमा सम्बन्धी ज्ञान नदिई बीमा गराउने गरेको उहाँको भनाई छ ।

उहाँले आम मानिसको आम्दानी स्तर कम्जोर हुने,जनचेतनाको कमी, अवारनेशको अभाव र भौगोलिक विकटता जस्ता बिषयहरु चुनौतीको रुपमा खडा रहको बताउनुभयो । यस्ता चुनौतीहरुलाई फेश गर्दै अगाडी बढ्न सके बिमा व्यवसायले चाडैँ नै फड्को मार्न सक्ने चापागाईको तर्क छ । नयाँ जीवन बीमा कम्पनीहरुले ४ सय ५० को भन्दा बढी संख्यामा शाखा विस्तार गरेका छन् । त्यसैले अबको दुई बर्षमा बिमा व्यवसायले ठुलो मात्रमा फड्को मार्छ चापागाईले भन्नुभयो ।

 

राजु रमन पौडेल,बिमा समितिका निर्देशक

बीमाको पहुँचलाई बृद्धि र सेवा विस्तार गर्नको लागि स्थानीय सरकारसगँ सहकार्य गरेर अगाडी बढीरहेको बताउनुभयो । समितिले अवारनेशका कार्यक्रम सहित शैक्षिक तवर देखि पनि बीमाको साक्षारतालाई अगाडी बढाउने योजना समितिले ल्याएको बताउनुभयो ।

हाल नेपालमा १८ जीवन बीमा, १७ निर्जीवन बिमा र १ पुनर्बीमा कम्पनी गरि ३६ वटा बीमा कम्पनीहरु सक्रिय छन् । जस मध्ये जीवन बीमा कम्पनीले ७७ जिल्लामा नै शाखा विस्तार गरेका छन् । समितिका अनुसार १० प्रतिशतले जीवन बीमा गरेका छन् भने निर्जीवन बीमाको बिकास १२.५ प्रतिशत सम्म बिकास भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS