IME Life New

चाँगुनारायणमा जन्मेका छोरीहरुले बार्षिक चार हजार पाउने ‘बचत छोरीको, निक्षेप जीवन भरिको’ कार्यक्रम सुरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चाँगुनारायण नगरपालिकामा जन्मिएर सामुदायिक विद्यालयमा अध्ययनरत छोरीहरुलाई बार्षिक चार हजार रुपैयाँ अनुदान दिने भएको छ । सो नगरपालिकाले नेपाल बैंक लिमिटेडमा विद्यालयमा अध्ययनरत छोरीहरुको खाता खोल्ने सम्झौता गरेको छ ।नेपाल बैंक र भक्तपुरस्थित ऐतिहासिक चाँगुनारायण नगरपालिकाबीच उक्त नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

नगरपालिकाले सञ्चालन गर्न लागेको ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्र्तगत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक बर्ष चार हजार रुपैयाँ जम्मा गर्दै जाने व्यवस्था मिलाईने भएको छ ।

Crest

सम्झौतामा वैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख सोमप्रसाद मिश्रले हस्ताक्षर गरेका थिए । सम्झौता वमोजिम शुन्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा प्रदान गर्ने उच्चतम ब्याजदर प्रदान गर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने/झिक्ने लगायतका अन्तर वैंक सेवामा कुनैपनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ ।

साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा तीन लाखसम्मको निक्षेप बीमा समेत गरिनेछ । तीन लाख रुपैयाँसम्मको निक्षेपको बीमा अनिवार्य छ । यस प्रकारका खातामा बालिका आफैले वा उनिहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् । यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बिचैमा बिद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदानगर्न, वाल विवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षागरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । उक्त रकम छात्राहरुले १२ कक्षा उत्तिर्ण गरे पश्चात मात्र झिक्न पाउनेछन् ।

त्यसैगरी सोहि अवसरमै चाँगुनारायण नगरपालिका एवम् नेपाल बैंक लिमिटेड बिच “मेयर उद्यमशिलता बिकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत अर्को सम्झौता भएको छ । उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवद्र्धन तथा चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदानदिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न भएको छ ।

त्यस्तै, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र ब्यवसायिक दक्षता उपयोगगर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले चाँगुनारायण नगरपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS