Connect IPS
IME Life

तिलोत्तमामा कोरोना बीमा अभियान, ३०० मै एक लाखको बीमा गरिदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना संक्रमण बढ्दै गईरहेको बेला तिलोत्तमा ०९ रुपन्देही स्थित वडा कार्यालयले सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको कोरोना बीमा अभियान सञ्चालन कार्यक्रम अघि बढाएको छ ।

तिलोत्तमा ०९ रुपन्देहीस्थित वडा कार्यालयहरुबाट नेपाल सरकारले प्रदान गरेको ५० प्रतिशत अनुदानमा कोरोना बीमालेख जारी गर्नका लागि स्थानियस्तरबाट पहल सुरु गरिएको वडा कार्यालयका अध्यक्ष नारायण न्यौपानेले जानकारी दिए । कोरोना भाइरसले निम्त्याएको बिषम परिस्थितिमा वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल कोरोना बीमाका लागि सिफारिस दिने कार्य स्ुरु भइसकेको छ भने हाल २ सय भन्दा बढीले उक्त बीमा गराइसकेका छन् ।

Prabhu
Crest

हाल नगरका २, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम छुट दिई जनरल इन्स्योरेन्समा कोरोना बीमा गर्ने अभियान नै चलाइएको छ । सम्बन्धित वडा कार्यालयहरुले नै कोरोना बीमाको प्रचारमा जुटेको स्थानीयबासीले जनाएका छन् । एक लाख रुपैयाँको कोरोना बीमा गर्दा बिमाङ्क रकमको लागि ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ तर वडा कार्यालयको सिफारिसमा ५० प्रतिशत छुट अर्थात् ३ सय रुपैयाँ प्रिमियम तिरेपछि स्थानीयवासीको कोरोना बीमा हुने भन्दै वडाले सार्वजनिक अभियान सुरु गरेको छ ।

बीमा कम्पनी जनरल इन्स्योरेन्सले हाल ३ वटा वडाका बासिन्दाको ५० प्रतिशत प्रिमियम छुट गरेको र आगामी दिनमा अन्य वडा मार्फत पनि कोरोना बीमा गराउने कार्य सुरु गर्ने जनाएको छ ।बीमा कम्पनीको नियमानुसार कोरोना बीमाअन्तर्गत पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि एक लाख रूपैयाँ बीमा रकम प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS