Connect IPS
IME Life

३ बर्षिय छोरासहित ११ दिनमा कोरोनालाई जितेका बीमाकर्मी चौंलागाँईको अनुभव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्समा कार्यरत याम प्रसाद चौँलागाँईले ११ दिनसम्मको आईशोलेशन बसाईपछि कोरोनामाथि बिजय प्राप्त गरेका छन् । हेटौडा, सानोपोखरा स्थायी घर भएका उनी नेपाल इन्स्योरेन्सको बारा शाखा प्रमुखमा कार्यरत छन् । साउन लागेसँगै लकडाउन हट्यो । चौँलागाँई दैनिक कार्यालय जान हेटौडाबाट बारा आउजाउ गर्न थाले । उनी करिब आधा घण्टाको ड्राईभमा पुग्ने हुँदा दैनिक हेटौडाबाटै आउजाउ गर्ने गरेका थिए ।

साउनको अन्तिम साता सोही क्रममा उनको गाडीमा सँगै आउजाउँ गर्ने जितपुर नगरपालिकामा कार्यरत एक जना महिलालाई कोरोना पुष्टि भयो । त्यसपछि चौँलागाँईले साउन २३ आफू र आफ्नो भाइको परिक्षणका स्वाब दिए । सँगै गाडीमा ओहोर दोहोर गर्ने महिला कोरोना पोजेटिभसँगै आईशोलेशनमा गइसकेकी थिईन् । चौलागाईको मन भित्रभित्रै डराईरहेको थियो । नभन्दै साउन २५ गते अपरान्ह २ बजे रिपोर्ट आयो, कोरोना पोजेटिभ । सुरुमा उनको मन केही आत्तिएको जस्तो भयो । उनी मात्रै नभएर उनको भाइको समेत कोरोनो पोजेटिभ आयो । रिपोर्ट आएको एक घण्टाभित्रैमा हेटौडा अस्पतालको आईशोलेशन सेन्टरमा कर्रा खोला नजिक पुर्याइयो । त्यहाँ उनीजस्तै दर्जनौं कोरोना संक्रमितहरु राखिएको थियो ।

Prabhu
Crest

यता, घरमा रहेका सबै सदस्यहरुको परिक्षण गरियो । श्रीमती र ३ बर्षिय छोराको पनि रिपोर्टमा कोरोना पोजेटिभ आयो । त्यसपछि चौलागाईले थप दवाव महसुस गरे । आफैसँगै श्रीमती र ३ बर्षिय छोरा पनि आईशोलेन सेन्टरमा आईपुगे । नगरपालिकामा काम गर्ने महिलालाई आउजाउमा समस्या परेकोले गाडीमा लिफ्ट दिएका थिए । साथमा भाई पनि बारामै सँगै काम गर्ने भएकोले सँगै आउजाऊ गर्थे ।

हेटौडा अस्पतालको अस्थायी आईशोलेसन सेन्टरभित्रै चौलागाईले अभियान चलाए । सबैलाई आत्मबल दह्रो पार्न सिकाए । विहानै उठ्ने शारीरिक अभ्यास गर्ने उनको दैनिकी थियो । अरु तातोपानी खान्थे तर उनी चिसै पानी पिउँथे । उनले भने, ‘अरुले तातोपानी पिए, मैले दैनिक छ लिटर चिसै पानी पिएर निको भएँ ।’ आईशोलेशनभित्र एक कप पनि तातोपानी नपिई कोरोनामाथि बिजय प्राप्त गरेको अनुभव उनले सुनाए । साथै उनले बेसार समेत नखाएको बताए । उनले भने ‘हामीले दैनिक रुपमा खाएकै बेसार पर्याप्त छ भन्ने ठानेर मैले आईशोलेशनभित्र बेसार खाईन ।’

हेटौडा कर्राखोलाको किनारामा रहेको आईशोलेशन वार्डमा साउन २५ गते छिरेका उनी ११ दिन बिताएपछि भदौं ३ गते बाहिर निस्किएका थिए । उनको छोराको एकै पटक नेगेटिभ आएपनि श्रीमतीको अझै निको भइसकेको छैन, अझै पोजेटिभ आएकोले आईशोलेशनमै छिन् । आईशोलेशनभित्र जाँदा केही डर, दृढ आत्मविश्वास र उच्च मनोबल लिएर छिरेका उनी फर्कदा बिजय प्राप्त गरेको खुशी भएको मुडमा फर्केको अनुभव बताउँछन् । घर फर्कदा युद्ध जितेर फर्के जस्तो नौलो अनुभूति भयो । ‘बीमा व्यवसायमा कार्यरत रहँदा कम्पनीले दिएको टार्गेट पुरा गर्दा छुट्टै खुशीको अनुभूति हुन्थ्यो, तर कोरोनामाथि बिजय प्राप्त गरेर फर्कदा साँच्चै अविश्मरणीय अनुभूति भयो ।’ नेपाल इन्स्योरेन्स कम्पनीका बारा शाखाका प्रमुख चौँलागाँईले अनुभव सुनाए ।

चौँलागाँईलाई आईशोलेशनमा बस्दा नेपाल इन्स्योरेन्सको उच्च नेतृत्वले समेत हौसला प्रदान गरेको उनी सम्झन्छन् । चौँलागाँईले भने ‘कम्पनीका सबैले टेलिफोनलगायतका डिजिटल माध्यमबाट हौसला दिइरहनु भयो ।’ स्मरणरहोस्, पहिलो पटक कोरोनाबाट संक्रमित काठमाडौंकी बीमाकर्मीलाई सिदार्थ इन्स्योरेन्सका उच्च पदाधिकारीले टेलिफोन सम्पर्क गरेर ‘के छ’ भनेर समेत सोधेका थिएन ।
उनले आफ्नै कम्पनीबाट कोरोना बीमा गराएका थिए । कोरोना बीमाको रकम २४ घण्टाभित्रैमा दावी भुक्तानी भएको थियो । परिवारकै कोरोना बीमा गरेका थिए ।

आईशोलेशन वार्डमा बस्दा सबैको मनोबल उकास्दै हौसला दिएको सम्झन्छन् चौँलागाँई । उनीसँगै कोरोना पोजेटि भएर आईशोलेशनमा बसेका यातायात व्यसायीसहितका चिनेजानेका मानिसहरुसँग मिलेर चौँलागाईलाईले सबैलाई उत्प्रेरणा र हौसला प्रदान गरिरहेका थिए । ‘३ जना बृद्धहरु थिए, चौलागाईले ति बृद्धहरुलाई कोरोनासँग लड्न हौसला प्रदान गरिरहेका हुन्थे । कहिले गफ गरेर, कहिले बाहिरबाट खाना मगाएर खुवाएर त कहिले शारीरिक अभ्यास गराएर आईशोलेशन नै रोमाञ्चक बनाए ।’ संगै आईशोलेशनमा बिताएका ति यातायात व्यवसायीले सुनाए ।

कोरोना संक्रमितलाई हेर्ने समाजको दृष्टिकोण गलत रहेको उनले सम्झाए । उनले समाज र छिमेकीप्रति खुलेरै गुनासो गरेका छन् । भाद्र १ गते उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कोरोना लाग्नु कुनै अपराध होइन, पोजेटिभ केस लिन प्रहरीको गाडी आउँछ र सबै छिमेकीहरु रमिता हेर्दै बाटोभरि भिड गर्छन, हौसला दिनु त परै हो, यसलाई पो लाग्यो भनि हल्ला गर्दै कुरा काट्छन्… तपाईको पालो पनि छिट्टै आउँछ हजुर… न त सरकारको तयारी पूरा छ न त तपाईका…. आज पुलिसले लग्या बिरामी निकै भाग्यमानी छिन्…. सबै स्रोत र साधन छदै बिरामी भए …. र छिट्टै निको भएर फर्कन्छन् पनि … तर भोलि तपाई बिरामी पर्दा भेन्टिलेटर त परै जाओस् अस्पतालमा बेड पनि नपाउने अवस्था हुँदैन भन्न सकिदैन…. त्यसैले रमिता न हेर्नु …. बिरामीलाई सम्मानका साथ हौसला दिनु …. हौसला र उच्च मनोबलले नै कोरोनासँग लड्न सकिन्छ र जितिन्छ पनि …’

कोरोना लागेपछि कुनै संकेत नदेखिए पनि एकै दिनमा पटक पटक दिशा लाग्ने, दिशा केही पातलो हुने संकेत देखिएको उनले बताए । साथै आईशोलेशनमा बसेका अधिकांश मानिसहरुको यस्तै समस्या देखिएको समेत बताए । साथै कुनै संकेत नभएकाहरुलाई समेत अत्याधिक मात्रामा जीऊ दुख्ने समस्याको सामाना गरेको अनुभव सुनाए ।

कोरोना लाग्दैमा नआत्तिन र आत्मबल दह्रो बनाएमा सजिलै जित्न सकिने सन्देश दिएका छन् । हाल घरैमा बसेर कार्यालयको दैनिक काम गरिरहेका चौलागाईले ११ दिनमा आफ्नो दृढ आत्मबलले कोरोनामाथि बिजय प्राप्त गरेको जनाउँदै सकेसम्म कोरोनाबाट बच्न र रोग लागि हालेमा नडराई दह्रो आत्मबल बनाएर अभ्यास, खानपान मिलाएमा निको हुने बताए । (कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा संक्रमितहरुको आत्मबल बृद्धि गर्न चौँलागाँईसँग अनुमति लिएर यस आलेख तयार गरिएको हो ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS