IME Life New

एनएलजी इन्स्योरेन्सको शिलबन्दी बोलकबोलको बोलपत्र आज खोलिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्सको शिलबन्दी बोलकबोलको बोलपत्र आज खोलिने भएको छ । कम्पनीले हकप्रद शेयर बिक्रीका लागि साउन २२ देखि २९ गतेसम्म आह्वान गरिएको शिलबन्दी बोलकबोलको बोलपत्र आज ११ बजे खोलिने भएको हो ।

कम्पनीले यसअघि २०७६ फागुन २२ देखि २०७७ असार २५ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत बराबरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० हकप्रद बिक्री खुला गरेको थियो। सो हकप्रदमा ३६ लाख ८१ हजार ३५९ दशमलव ५० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो।

Esewa
Crest

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार ८१ हजार २२४ दशमलव ७५ कित्ता संस्थापक र ७९ हजार ८५३ दशमलव २५ कित्ता साधारणतर्फका शेयर बोलकबोलमार्फत बिक्री गर्नका लागि सार्वजनिक आह्वान गरिएको थियो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवेदकलाई सहभागि गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले फेसबुक लाइभ मार्फत बोलपत्र खोलिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS