काठमाडौं । प्रुुडेन्सियल इन्स्योरेन्स कम्पनीको लिलाम बाँडफाँडमा नपरेको शेयर बापतको रकम कम्पनीले फिर्ता पठाउन सुरु गरेको छ ।
कम्पनीले अवितरित हकप्रद शेयरको बाँडफाँड भदौ ७ गते गरेको हो । कम्पनीले ५४ हजार ६३१ कित्ता शेयर साउन १२ गतेदेखि १९ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । उक्त हकप्रदमा आवेदन नपरेको नपरेको शेयर बापतको रकम आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खाता आईपीएस कनेक्टमार्फत रकमान्तर गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले खातामा रकम जम्मा नभएकाहरुलाई एनएमबि क्यापिटल नागपोखरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।