IME Life New

गुराँस लाइफको ५ लाख ९० हजार कित्ता हकप्रद शेयर बिक्री भएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा सो परिमाणमा शेयर बिक्री नभएपछि उक्त बाँकी शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।

Esewa
Crest

हकप्रदमा रितिपूर्वक आवेदन दिने १२ हजार ९०३ जना शेयरधनीलाई ८७ लाख ९५ हजार १८६ कित्ता शेयर साउन २२ गते बाँडफाँड गरिएको छ।

उक्त हकप्रदमा फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने व्यवस्था रहेको थियो। हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द गरेको थियो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । उक्त हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS