IME Life New

तपाई बिमा अभिकर्ता (इन्स्योरेन्स एजेन्ट) हुनुहुन्छ भने जानी राख्नु पर्ने कुरा…

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ।  बिमा अभिकर्ता इजाजतपत्र लिएका अभिकर्तालाई बीमा समितिले नविकरणका लागि अुनुरोध गरेको छ । चैत मसान्तपछि बिमा अभिकर्ता इजाजतपत्रको म्याद सकिने भएकाले चैत १५ देखि नविकरणको लागि निवेदन पेशगर्न अनुरोध गरेको हो ।

बिमा ऐन २०४९ अनुसार अभिकर्ताले चैत मसान्तसम्म आफ्नोे इजाजत पत्रको नविकरण गर्नुपर्ने हुन्छ । नविकरणका लागि रु २०० दस्तुर लाग्ने समितिले जनाएको छ ।

Esewa
Crest

बिमा समितिका अनुसार चैत मसान्त सम्म बिमा ऐन अनुसार २०० रुपैंया दस्तुर लाग्ने व्यवस्था छ, चैत महिना भित्र नबिकरण नगरे जेठ सम्म १०० थप बिलम्ब दस्तुर लिएर नबिकरण गर्न सकिने बिमा समितिले  जनाएको छ, तर जेठ मसान्त सम्ममा पनि नविकरण नगरेको खण्डमा, नबिकरण न-हुनुको कारण खुलाई  निवेदन बुझाउनुपर्ने हुन्छ भने, दस्तुरको हकमा सामान्य अवस्थाको शुल्क रु २०० मा रु १००, बिलम्ब दस्तुर जोडी प्रति दिनको रु ५ थप बिलम्ब दस्तुर सहित बिमा समितिमा निवेदन बुझाउनु पर्छ र निवेदन उपर बिमा समितिले योग्य ठानेमा नविकरण गर्न सकिने जानकारी बिमा समितिले दिएको छ ।

चालु आर्थिक वर्ष २०७४÷०७५ मा बीमा समितिबाट ३८ हजार ८ सय ३३ जनाले अभिकर्ता इजाजतपत्र लिएका छन् । हालसम्म बिमा समितिबाट जीवन र निर्जीवन बिमाका गरी जम्मा ३ लाख ८७ हजार ८ सय ८१ जनाले अभिकर्ताले इजाजतपत्र लिएका छन् तर बिमा समितिबाट इजाजतपत्र लिने सबै अभिकर्ता  सक्रिय भने छैनन्, बिमा अभिकर्ताको काम गर्नको लागि बिमा अभिकर्ता इजाजतपत्र लिनुपर्ने हुन्छ अथवा पुरानो इजाजतपत्र छ भने चैत्र मशान्त भित्र नबिकरण गरिसक्नु पर्ने हुन्छ ।

बीमा समितिका अनुसार चैत मसान्तसम्मका लागि पुराना अभिकर्तामध्ये ५६ हजार ९ सय ३३ जनाले इजाजतपत्र नवीकरण गरेका छन ।

बिमा समितिका एक अधिकारीका अनुसार नेपालमा धरै जसो अभिकर्ताले एकपटक बिमा अभिकर्ता इजाजतपत्र लिएपछि आफुलाई सधै भरिको अभिकर्ता हो भनि सोच्ने परिपाटी छ तर, इजाजतपत्र नवीकरण नगरेका अभिकर्ताहरु वास्तविक अभिकर्ता नहुने र उनिहरु बाट बिमा अभिकर्ताको काम गर्नरगराउन नहुने ति अधिकारीले जानकरी दिए ।

बिमा अभिकर्ता इजाजतपत्र नवीकरण गराउनको लागि आफुलाई अभिकर्ता बनाउने बिमा कम्पनी वा बिमा कम्पनीका शाखारउप(शाखाहरुबाट पनि इजाजतपत्र नवीकरण निबदेन दिन सकिने जानकारी बिमा कम्पनीहरुले दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS