काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य आज भने प्रति कित्ता ८ रुपैयाँले घटेर ५०० रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको छ। आज कम्पनीको पहिलो कारोवार ५०५ रुपैयाँमा भएको थियो भने ५१० को उच्च मूल्य सम्मम पुगेको थियो । कम्पनीको आजको बजार मूल्यको न्यून विन्दु ४९७ रुपैयाँ थियो ।
आज नेप्सेमा कारोवार भएका कम्पनी मध्ये सबै भन्दा धेरै कारोवार भएको छ । आज पुनर्बीमा कम्पनीको मात्र ११ करोड १० लाख माथिको शेयर कारोवार भएको छ ।
आजको फ्लोरसिटले के देखायो ?
आज नेपाल पुनर्बीमा कम्पनीको ३६ नम्बर ब्रोकरबाट सर्वाधिक १ करोड ५७ लाख बराबरको खरिद भएको छ भने ६ नम्बर ब्रोकरबाट ७७ लाख ५० हजार बराबरको बिक्री भएको छ ।
त्यस्तै दोश्रोमा ५९ नम्बर ब्रोकरबाट ६१ लाख ८० हजार बराबरको खरिद भएको छ भने ब्रोकर नम्बर ४० बाट ७२ लाख १६ हजारको बिक्री भएको छ।
आजको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोवार गर्ने मुख्य ५ ब्रोकरबाट भएको कारोवारलाई अध्ययन गर्दा सबै भन्दा धेरै बिक्री गर्ने ब्रोकर भन्दा सबै भन्दा धेरै खरिद गर्ने ब्रोकर आक्रामक भएको देखिन्छ।
त्यसपछिका बाँकी ४ ब्रोकरलाई अध्ययन गर्दा खरिद गर्ने भन्दा बिक्री गर्ने ब्रोकर नै आक्रामक देखिएको छ।
Source: Nepal Stock Exchange
Date : 7/14/2020