IME Life New

एनआईसी एशिया बैंकद्धारा दुईजना ग्राहकलाई ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुई जना ग्राहहरुलाई बीमा दाबी भुक्तानी गरेको छ । बैंकले दुईजना ग्राहकहरुलाई १५/१५ लाखको दरले ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

बैंकले चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमईनिवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार खर्च वापत उक्त रकम प्रदान गरेको हो । त्यस्तै, सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाण्डौस्थित बुढानिलकण्ठनिवासी वसन्तराज कुँवरकी पत्नी पूजा कुँवरलाई क्यान्सर रोगको उपचारबापत बीमा दाबी चुक्तानी रकम प्रदान गरेको हो ।

Esewa
Crest

बैंकले श्रेष्ठलाई शिखर इन्स्योरेन्स मार्फत र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी भुक्तानी रकम प्रदान गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS