काठमाडाैं । नेपाल स्टक एक्सचेन्जले अषाढ ४ गतेसम्म शेयर काराेवार स्थगित गर्ने निर्णय गरेकाे छ ।
नेप्सेले आज सूचना निकालेर नेपाल धिताे पत्र बाेर्डको पत्रानुसार गत जेेठ १ गते दिएकाे निर्देशनकाे आधारमा लकडाउन अवधीभर शेयर काराेबार स्थगन गर्ने निर्देशन भएतापनि नेप्से संचालक समितिको आज बसेको बैठकले धितोपत्र सूचीकरण तथा नियमावली , २०७५ को नियम २१ को उपनियम १ अनुसार अषाढ १ देखि ४ गते सम्म स्थगन हुने जनाएकाे छ ।