IME Life New

नेको इन्स्योरेन्सको स्थगित साधारणसभा जेठ २३ गते , यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले यस अघि स्थगित भएको बार्षिक साधारणसभा जेठ २३ गते (शुक्रवार) बोलाएको छ। कम्पनीले वैशाख १ गते स्थगित भएको वार्षिक साधारण सभाको लागि डाकेको हो । उक्त सभा कम्पनीको भवन ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा शुरु हुने कम्पनीले जनाएको छ।

स्थगित भएको बार्षिक साधारणसभा कम्पनीको संचालक समितिको निर्णय अनुसार वैशाख जेठ २३ गते गर्ने निर्णय गरेको भएको हो । विश्वभर फैलिरहेको कोरोना महामारीका बीच हुन लागेको सभामा विशेष सावधानी अपनाएर सभा गर्ने तयारी कम्पनीको जनाएको छ ।कम्पनीले सभामा उपस्थित हुँदा माक्स र पन्जा अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेको छ।

Esewa
Crest

उक्त कम्पनीले यस वर्ष ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ । यस अघि ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको उक्त कम्पनीले बीमा समितिको निर्देशनमा शंसोधन गरी ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै उक्त सभामा आर्थिक बर्ष २०७५र७६ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै, लेखापरिक्षण नियुक्त र पारिश्रमिक निधारणको बिषयमा समेत छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS