Connect IPS
IME Life

पर्वतमा ४१ जना पत्रकारहरुको महासङ्घद्वारा कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ। नेपाल पत्रकार महासङ्घ पर्वतले जिल्लामा कृयाशिल ४१ जना पत्रकारहरुको प्रति पत्रकार १ लाखका दरले बीमा गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम मोल्दै काम गरिरहेका पत्रकारहरुको नेपाल पत्रकार महासंघले कोरोना बीमा गरेको हो ।

कोरोना संक्रमणको सम्भावना पत्रकारलाई उच्च हुने हुँदा क्रियाशिल पत्रकारहरुको बीमा गरिएको महासंघका अध्यक्ष छविलाल तिवारीले जानकारी दिए । ब्यक्तिगत रुपमा बीमा गरीसकेका बाहेक जिल्लाका ४१ जना क्रियाशिल पत्रकार महासंघका सदस्यहरुको बीमा गरिएको तिवारीको भनाई छ । पत्रकारहरुको अजोड इन्सोरेन्समा बीमा गरिएको अजोड इन्स्योरेन्स पर्वतका कर्मचारी विक्रम ढुङ्गानाले वताए।

Prabhu
Crest

बीमा कम्पनीको पछिल्लो नीति अनुसार कोरोना पोजेटिभ पिसिआर विधि मार्फत देखिएमा रु १ लाख बराबरको रकम कम्पनीले सम्बन्धित ब्यक्तिलाई भुक्तानी गर्ने अजोड इन्स्योरेन्स  पर्बतका शाखा प्रमुख हरि सुबेदिले जानकारी दिए । जिल्लामा क्रियाशिल सञ्चारकर्मी, पत्रकारहरु रिर्पोटिङमा घर बाहिर निस्कीरहनुपर्ने भएका कारण उनीहरु थप जोखिममा रहेका छन् । महासंघका सचिव गणेश गिरीका अनुसार पत्रकार महासंघले उनीहरुको बीमा गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS